हाम्रो विश्वास
[KJV] बाइबल परमेश्वरको वचन जुन परमेश्वर स्वयंद्वारा त्रुटिविना प्रेरित र संरक्षित छ
भजनसंग्रह १२:६,७; 6 परमप्रभुको शब्दहरू शुद्ध शब्दहरू हुन्: चाँदीलाई माटोको भट्टीमा खारेर शुद्ध पारिएको झैं, सात पल्ट शुद्ध छन्। The words of the LORD are pure words: as silver tried in a furnace of earth, purified seven times. 7 हे परमप्रभु, तपाईंले ति शब्दहरूलाई रक्षा गर्नुहुनेछ। तपाईंले यी पुस्ताहरूदेखो सदा-सर्वदाको लागि बचाइराख्नुहुनेछ। Thou shalt keep them, O LORD, thou shalt preserve them from this generation for ever.
- त्रिएक परमेश्वर: एक परमेश्वर तीन व्यक्ति मा अवस्थित छ। 7 किनकि स्वर्गमा अभिलेख राख्ने तीनजना छन्, पिता, वचन र पवित्र आत्मा: र यी तीन एक हुन्। १ यूहन्ना ५:७
- येशू ख्रीष्टको पूर्ण ईश्वरीय रूपमा कुमारीबाट जन्मनुभयो, र पूर्ण रूपमा ईश्वर शरीरमा प्रकट हुनुभयो।
- विश्वास गर्ने सबैलाई अनुग्रहद्वारा स्वतन्त्र रूपमा मुक्ति र अनन्त जीवनको लागि ख्रीष्टको शाब्दिक पुनरुत्थान। (अनुग्रह हाम्रो तर्फबाट ख्रीष्टको पूर्ण कार्य हो)।
- अनुग्रहद्वारा मुक्तिको लागि ख्रीष्टको प्रतिस्थापनात्मक प्रायश्चित, केवल विश्वासद्वारा (येशू ख्रीष्टको विश्वासद्वारा)।
- हामी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो (हाम्रा सबै अपराधहरू क्षमा गर्दै) र धर्मशास्त्र अनुसार गाडिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो।
- हामी १ कोरिन्थी १५:३,४ विश्वास गर्छौं; त्यसैले हामी प्रभु येशूको नाउँमा र परमेश्वरको आत्माद्वारा धोइएका, पवित्र र धर्मी ठहरिएका छौं।
- र ख्रीष्टको शरीरमा प्रतिज्ञाको पवित्र आत्माको साथ छाप लगाइयो र बप्तिस्मा लिइयो जुन क्षणमा हामीले यस संसारमा भएको ख्रीष्टको सबैभन्दा राम्रो ऐतिहासिक बलिदानमा विश्वास गर्छौं।
सही रूपमा विभाजित पदहरू: रोमी ५:८; १ कोरिन्थी १५:३,४; कलस्सी २:१३; २ कोरिन्थी ५:१९; १ कोरिन्थी ६:११; रोमी ४:२५ एफिसी १:१३; १ कोरिन्थी १२:१३
- हामीलाई उहाँसँगै जीवित पार्नुभयो र ख्रीष्ट येशूमा स्वर्गीय स्थानहरूमा एकसाथ बसाउनु भयो। त्यसैले हामी उहाँमा सृष्टि गरिएको नयाँ सृष्टि हौं (उहाँको कारीगरी/राजदूतहरू) असल कामहरूका लागि आदमबाट ख्रीष्टमा परिवर्तन गरिएका; अन्धकारबाट उहाँको
- अद्भुत ज्योतिमा; मृत्यु देखि जीवनमा, र ख्रीष्टमा स्वर्गीय स्थानहरु मा सबै स्वर्गीय आशिषहरु को आशीर्वाद पएका छौ।
सही रूपमा विभाजित पदहरू: एफिसी २:१,६; २ कोरिन्थी ५:१७; एफिसी २:१०; २ कोरिन्थी ५:२०; कलस्सी १:१३; रोमी ५:१७,१९; एफिसी १:३
- हामी ख्रीष्टद्वारा विजयी भन्दा बढि हौं। हामीसँग ख्रीष्टमा विजय पहिले नै छ, किनकि ख्रीष्ट येशूमा जीवनको आत्माको व्यवस्थाले मलाई (हामीलाई) पाप र मृत्युको व्यवस्थाबाट मुक्त बनायो।
- हामी ख्रीष्टद्वारा विजयी भन्दा बढि हौं। किनभने हामीले पहिले नै ख्रीष्टमा विजय पाएका छौं, किनकि ख्रीष्ट येशूमा जीवनको आत्माको व्यवस्थाले मलाई (हामीलाई) पाप र मृत्युको व्यवस्थाबाट मुक्त बनाएको छ। र अब हामी विश्वासको व्यवस्था अनुसार बाँचिरहेका छौं। हाम्रो मनलाई उहाँको ज्ञानमा नविकरण गर्दै हामी विश्वासमा हिड़छौं दृष्टिमा (हेराईमा) होइन जसले उहाँको महिमाको लागि हामीलाई सृष्टि गर्नुभयो – ख्रीष्टमा नयाँ मानिस।।
- त्यो धन्य आशाको लागि, र स्वर्ग र पृथ्वी दुवैमा शासन गर्नका लागि हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमित उपस्थितिको प्रतीक्षा गर्दछौं। (एफिसी १ः१०) आमेन।
सही रूपमा विभाजित पदहरू: रोमी ८:३७; रोमी ८:२; रोमी ३:२७; २ कोरिन्थी ५:७; रोमी १२:२; कलस्सी ३:१०; तीतस २:१३.